कुमार खड्का
पाँचथर-पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा ६ र ७ को संगम स्थल आङसराङ वसाँगुमा परम्परागत रुपमा लाग्दै आएको ऐतिहासिक द्धितिया मेला यस बर्ष पनि लाग्ने भएको छ ।
शुभ दिपावली (बलिहाङ तङनाम) को अवसरमा अन्तरपालिका भलिवल प्रतियोगिता र साँगितिक साँझ सहित मेला लाग्ने भएको हो ।
त्रिबेणी युवा क्लब नेपालको आयोजनामा २०७९ कार्तिक १० गते देखि सुरु हने मेलामा स्थानीय कला साहित्यीक व्यक्तिहरुको सम्मान, केलाङ (ढोल) नाच कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष यमराज आङदेम्बेले जानकारी दिनुभएको छ ।
भलिवल तर्फ प्रथम पुरस्कार ७५ हजार ५ रुपैँया (ट्रफि, मेडल, र प्रमाण पत्र) , दोस्रो पुरस्कार ४५ हजार ५ रुपैँया (ट्रफि, मेडल, र प्रमाण पत्र) रहेको छ । भलिवल खेलको प्रायोजक पिता स्व. हर्कराज करुम्बाङ्ग र स्व. मनमायाँ आङदेम्बे (कुरुम्बाङ्ग) को स्मृतिमा छोरी हेमु लावती र ज्वाई हुकुमराज लावतीले प्रायोजन गर्नु भएको खेल संयोजक डिगम कुरुम्बाङ्गले जानकारी दिनुभयो ।

त्यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयर ५ हजार (ट्रफि, मेडल, र प्रमाण पत्र), बेस्ट सेटर २५ सय (ट्रफि, मेडल, र प्रमाण पत्र) , बेस्ट ब्लकर २५ सय (ट्रफि, मेडल, र प्रमाण पत्र) , बेस्ट स्पाईकर २५ सय (ट्रफि, मेडल, र प्रमाण पत्र) र बेस्ट लिबरोले २५ सय (ट्रफि, मेडल, र प्रमाण पत्र) पुरस्कार पाउने भलिवल खेल संयोजक एकान्त कुरुम्बाङ्गले बताउनभयो ।
त्रिबेणी युवा क्लब नेपालले पहिलो पटक आयोजना गर्न लागेको द्धितिया वृहत साँगितिक साँझमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने पनि आयोजकले जनाएको छ ।
कलाकारहरु मिलन नेवार, राजु आङदेम्बे, बिकाश लिम्बु, असोक मुकारुङ, एकान्त आङदेम्बे, सुजन आङदेम्बे र स्थानीय कलाकारले कार्तिक ११ गते प्रस्तुति दिने साँस्कृतिक संयोजक निरज पोर्तेलले बताउनुभयो ।

.png)