Comments Add Comment

अन्तराष्ट्रिय साक्षरता दिवसमा विभिन्न कार्यक्रम

दिपक दुलाल भाद्र २३ 
अन्तराष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका विद्यालयहरुमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन्।
दिवसको अवसरमा फाल्गुनन्द   १ स्थित सिद्धदेवी मा.वि. नवमीडाँडामा आधारभूत तह (कक्षा१–५) का विद्यार्थीहरुको हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 


फाल्गुनन्द गाउँपालिका वडा नं.१ अन्तर्गतका ८ वटा विद्यालयको सहभागिता रहेको हाजिरिजवाफ प्रतियोगितामा हरिनाथ आधारभूत विद्यालय प्रथम,सिद्धदेवी माध्यमिक विद्यालय द्धितिय र सिद्धेश्वरी माध्यमिक विद्यालय सुर्केनागी तृतिय भएका छन् ।
प्रतियोगिताका विजेता विद्यार्थीहरु तथा सहभागी सम्पूर्ण विद्यालयहरुलाई सिद्धदेवी मा.वि.का प्रधानाध्यापक विरेन्द्र कुमार खड्काले पुरस्कार  वितरण गर्नुभएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो ।
 यसैगरी दिवसकै अवसरमा फाल्गुनन्द गाउँपालिका १ स्थित सिद्धेश्वरी मावि सुर्केनागीमा पनि विद्यार्थीहरुको हेन्डराइटिङ (हस्तलेखन) प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा समिर नेम्वाङ प्रथम,निर्मल दुलाल द्धितिय,निश्चल दुलाल तृतिय र अस्मिता बाँस्तोला शान्त्वना भएको विद्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ