Comments Add Comment

भीरबाट झरेको ढुङ्गाले लागेर एकको निधन

ताप्लेजुङ, २ वैशाख :

तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ। आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न जानुभएको थियो । आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको छ । घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो ।---

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ