Comments Add Comment

दाहालले प्राप्त गरेको पुरस्कार राशी साहित्य समाजलाई नै गरिन् सहयोग

धनगढी, १७ चैत

सिक्किमकी साहित्यकार अप्सरा दाहालले आफूले प्राप्त गरेको पुरस्कार राशीमा पाँच हजार थप गरेर साहित्य समाजलाई नै सहयोग गरेकी छन्।

धनगढीस्थित सुदूरपश्चिमाञ्चल साहित्य समाजले चैत १० देखि १३ गतेसम्म आयोजना गरेको विश्व नेपाली साहित्य महोत्सवका अवसरमा दाहाललाई २५ हजार राशीको पुरस्कार प्रदान गरेको थियो। उक्त पुरस्कारमा पाँच हजार थप गर्दै दाहालले समाजलाई नै सहयोग गरेकी हुन्।

उनले साहित्य समाजले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा ठूलो टेवा पुर्‍याउँदै आएको भन्दै समाजको कामबाट प्रभावित भएर आफूले प्राप्त गरेको सम्मान राशीमा पाँच हजार थप गरेर सहयोग गरेको बताएकी छन्।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ