Comments Add Comment

ग्रामीण भेगसम्म भौतिक विकास अपरिहार्य छ : सहरी विकासमन्त्री गुरुङ

काठमाडौँ, १७ चैत :

नवनियुक्त सहरी विकासमन्त्री सीता गुरुङ्ले मन्त्रालयको कामलाई परिणाममुखबी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदबारस्थित मन्त्रालयमा आज पदबहालीका क्रममा उहाँले मन्त्रालय र मातहतका निकायको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै सक्रिय हुनुपर्ने बताउनुभयो।

मन्त्री गुरुङले स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रसँग मिलेर काम गरेर नै परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “मन्त्रालयको काम गर्ने धेरै ठाउँ छ। ग्रामीण भेगसम्म पुगेर भौतिक पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता छ ‘टीम वर्क’का साथ परिणाम निकाल्ने गरी काम गर्न सबै कन्द्रित हुनुपर्छ।” मन्त्री गुरुङले क्षेत्रगतरूपमा प्राथमिकता तोकेर नै काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

को हुन् मन्त्री गुरुङ ?

सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री गुरुङ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ कांग्रेसकोतर्फबाट प्रतिनिधिसभा सदस्य पनि हुनुहुन्छ । मन्त्री गुरुङ गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट विजयी हुनुभएको थियो। पूर्वराज्यमन्त्रीसमेत रहेहनुभएकी गुरुङले तत्कालीन संविधानसभा सदस्यको भूमिकासमेतमा आफूलाई अब्बल सावित गर्नुभएको थियो।

गुरुङ सानै उमेरदेखि राजनीतिमा सक्रिय भई महिला शसक्तिकरण र महिलालाई सङ्गठित गरेर राजनीतिमा स्थापित हुनुभएकी नेता हुनुहुन्छ। साहित्यमा रुचि राख्ने गुरुङ विभिन्न आन्दोलनमा सक्रिय रुहनुभयो। कांग्रेसको विद्यार्थी राजनीतिदेखि नै क्रियाशील गुरुङ नेपाल महिला सङ्घको तेह्रथुम अध्यक्ष हुँदै केन्द्रीय सचिव, पार्टीको महासमिति सदस्य र केन्द्रीय सदस्य बन्नुभएको थियो ।–––

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ