Comments Add Comment

कुम्मायकको जनसंख्या घट्यो

मनोज थापा

पाँचथर- राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्।  

राष्ट्रिय जनगणना अनुसार कुम्मायक गाउँपालिकाको जनसंख्या १२ हजार ७ सय छयालिस पुगेको छ। गाउँपालिकाको जनसंख्या वृद्धिदर -२.२५ अर्थात ३ हजार ३ सय बहत्तर ले घटेको हो यसअघि २०६८ को जनगणनामा कुम्मायक गाउँपालिकाको जनसंख्या  १६ हजार १ सय अठार रहेको थियो। भने ३५ सय परिवार संख्या रहेको थियो।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन अनुसार कुम्मायकमा  ६ हजार २ सय नब्बे अर्थात् (४९.३५ प्रतिशत) पुरूष र ६ हजार ४ सय छपन्न अर्थात् (५०.६५ प्रतिशत) महिला छन्। यसरी नै परिवार संख्या ३१५८, परिवारको औसत आकार ४.०४, लैङ्गिक अनुपात ९७.४३, जनघनत्व ९९, जम्मा साक्षरता दर ८०.४३ प्रतिशत जसमा ८७.७२ प्रतिशत पुरुष र महिला ७३.३६ प्रतिशत महिला साक्षरता रहेका छन्।

राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ