Comments Add Comment

८६ जनाको दृष्टि फर्कियो 

रमेश थापा 
पाँचथर -पछिल्लो समय आँखाका रोगीहरु बढ्दै गएका छन। ग्रामिण समुदायमा आँखाको हेरचाहमा ध्यान पु¥याउन नसक्दा बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। समयमै उपचार नपाउदा आँखा सम्बन्धी जटिल समस्या देखा पर्ने गरेको छ । यस्तै समस्या भोग्दै आएका तेह्रथुम जिल्लाका ८६ जनाको दृष्टि फर्किएको छ । म्याङलुङ नगरपालिकाको आयोजना र इटहरी ग्लोवल आई अस्पताल इटहरीको प्राविधिक सहयोगमा मोति विन्दुका ८६ जनाको दृष्टि फर्किएको हो । जिल्ला अस्पताल तेह्रथुममा तीन दिनसम्म संचालन भएको शिविरबाट ११ सय २७ जना बढि नागरिकले आँखा चेकजाँच, औषधी र परामर्श सेवा लिएका थिए । 
अस्पतालका डा. बेन लिम्बू र पोल्याण्डका दुई बरिष्ठ डाक्टरको टोलिले निशुल्क शल्यकृया सहितको शिविर संचालनमा सेवा दिएका थिए । तीन दिनसम्म संचालन भएको शिविरमा जिल्लाको छथर, मेन्छाएम, फेदाप गाउँपालिका र म्याङलुङ नगरपालिकाका बिरामीहरुले प्रत्यक्ष सेवा लिएका थिए । स्थानीय तहबाट छनोटमा परेका बिरामीहरुले शिविरमा निशुल्क आँखाको  शल्यकृया सहितको परामर्श सेवा पाएपछि उत्साहित समेत भएका छन । गाडीभाडा र खानेबस्ने सहित मोति विन्दुको शल्यकृया हुदा ज्यादै खुसी लागेको मेन्छ्यायेम गाउँपालिका—५ का राम चन्द्र भट्टराई भने् । “नजिक र टाढाको छुट्याउन निकै गाह्रो थियो । उपचार गर्न धरान, इटहरी र बिराठनगर पुग्नु पथ्र्यो। खर्च धेरै हुन्थ्यो । तर अहिले सहज भएको । खाने बस्ने, आउने जाने सबै पाएको छु । उपचार पाउँदा खुसी लागेको छ् हर्सित मुद्रामा भट्टराईले सुनाए ।”
शिविरमै सेवा लिएका छथर गाउँपालिका २ का महेन्द्र प्रसाद लिम्बू पनि खुसी देखिन्थे । आँखामा मासु पलाउने र परेला पस्ने समस्याले दिनरात कटाउन मुस्कील पथ्र्यो । तर उपचार पाएपछि शरिरमा बिझेको काँडो झिकै जस्तै भएको लिम्बूले भने । आँखाको समस्याले रुमालले सफा गरिरहनु पर्ने हुन्थ्यो  । तर अहिले उपचार पाएपछि सहज भएको उनले बताए ।” 
शिविरमा सेवा लिन पुगेका चार स्थानीय तहका ११ सय २७ जनाले चेकजाँच, औषधी र परामर्श सेवा लिएका थिए । त्यस्तै आँखामा मासु पलाएको र मोति विन्दुका ८६ जनाको सफल शल्यकृया गरिएको छ । इटहरी ग्लोबल अस्पतालका सञ्चालक यलम्बर लिम्बूले बताए । आर्थिक समस्याका कारण उपचार नपाएका बिपन्न समुदायका नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा जोड्ने उदेश्यले शल्यकृया सहितको निशुल्क शिविर संचालन गरेको लिम्बूको भनाइ छ । 
यता गाउँ—गाउँबाट शिविरमा सेवा लिन आएका बिरामीलाई नगरपालिकाले खाने, बस्ने र यातायतको व्यवस्थापन गरेको थियो । जिल्ला अस्पतालमा तीन दिनसम्म चलेको शिविरमा चिकित्सक र बिरामीको व्यवस्थापन पक्ष नगरपालिकाले गरेको म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए । शिविरमा नेपाली सेना र एन.सि.सि.का विद्यार्थीलाई समेत परिचालन गरिएको थियोे । नागरिकको स्वास्थ्यमा कुनै कमी हुन नदिन सबै प्रकारको व्यवस्थापन गरिएको तुम्बाहाम्फेको भनाइ थियो । 
तश्बिर :मोति विन्दुको शल्यकृया गर्दै ग्लोबल आई अस्पताल इटहरीका डा. बेन लिम्बू सहित चिकित्सकको टोली । तश्बिर रमेश थापा 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ