पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा फिजियोथेरापी केन्द्र स्थापना भएको छ । करुणा फाउन्डेसन नेपाल, गाउँपालिका र प्रदेश सरकारको त्रीपक्षीय सहयोगमा थेरापी केन्द्र स्थापना गरिएको हो । डेढ लाख रकमको लगानीमा स्थापना गरिएको केन्द्रको उत्घाटन गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले गरेका थिए । शरिरिक रुपमा अपाङगता भएका नागरिक र प्यारालाईसका बिरामी हरुलाई सहयोग पुर्याउने उदेश्यले केन्द्रको स्थापना गरिएको करुणा फाउन्डेसन नेपाल जिल्ला संयोजक केदार भण्डारीले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले फिजियोथेरापीको माध्यमबाट हातखुट्टा नचल्ने बिरामीलाई सहयोग पुग्ने बताए । प्यारालाइसिस्का बिरामीहरुले थेरापीको माध्यमबाट उपचार पाउने लावतीले विश्वास लिए । यासोक स्वास्थ्य चौकीमा स्थापना गरिएको केन्द्रमा एक जना स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ ।
कार्यक्रममा गाउापालिका उपाध्यक्ष मेहन्द्रबहादुर खड्का, कुम्मायक—१ का वडाअध्यक्ष तथा स्वास्थ्य चौकी सञ्ंचालन तथा व्यवस्थापन समिति अध्यक्ष देबेन्द्र कुमार लावती, स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्का लगायतले फिजियोथेरापी केन्द्रको स्थापनासंगै नागरिकले स्वास्थ्य सेवा पाउनेमा विश्वस्त रहेको बताएका थिए ।
.png)