मदन थापा
पाँचथर—पाँचथरको कुम्मायक गाउँपालिकामा आइतवारदेखि मालपोतको घुम्तिशिविर संचालनमा आएको छ। गाउँपालिकाको समन्वय तथा जिल्ला मालपोत कार्यालयको प्राविधिक सहयोगमा शिविर संचालन आएको हो ।
मंसिर ५ गतेदेखि ११ गतेसम्म संचालन हुने घुम्तिशिविरको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले उद्घाटन गर्नुभएको थियो । लामो समयदेखि जग्गाको कारोवार गर्न समस्या भोग्दै आएका नागरिकलाई मालपोत कार्यालयले ठुलो गुन लागएको भन्दै अध्यक्ष चेम्जोङले प्रशंसा गर्नुभयो । नागरिकलाई गाउँ घरमै मालपोत सम्बन्धि सम्पूर्ण सेवा दिने उदेश्यले जिल्लाका सबै स्थानीयतहमा सात दिने शिविर संचालन गर्दै आएको कार्यालयले जनाएको छ।
शिविरमा अंशबण्डा, लिखत पारित २५ जना, नामसारी ४०, सम्सोधन र घर कायम ९ र प्रतिलिपि २७ गरी १ सय १ जनाले प्रत्यक्ष सेवा लिएको जिल्ला मालपोत कार्यालयका प्रमुख बाबुराम पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै शिविर संचालन भएको तीन दिनको अवधिमा ५ सय ५० जनाले सेवा लिएका छन।
सात दिनसम्म संचालन हुने शिविरमा अंशबण्डा, धनिपुर्जा बितरण, नामसारी, बकसपत्र, दृष्टिबन्धकी, भोगबन्धकी, लिखित पारित जग्गाधनिको बिवरण लगायत सम्बन्धी सम्पूर्ण सेवा संचालन हुने मालपोत कार्यालयले जनाएको छ।
.png)