Comments Add Comment

कुम्मायक गाउँपालिका अग्नि पिडित परिवारलाई राहत वितरण

कुमार खड्का

यासोक- पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ सिम्लेका अग्नि पिडित परिवारलाई कुम्मायक गाउँपालिकाले राहत वितरण गरेको छ। अग्नि पिडित परिवारलाई गाउँपालिकाले बिहिवार पहिलो चरणको राहत वितरण गरेको पालिकाका प्रमुख प्रसाशकिय अधिकृत देवि तुम्बापोले बताउनुभयो।
पालिकाले अग्नि पिडित दुई परिवारलाई तत्काललाई व्यस्थापन गर्नको लागि  लत्ताकपडा, चामल, नुन, दाहाल,तेल, लगायतका दैनिक उपभोग्य बस्तु वितरण गरेको वडा नम्बर १ का अध्यक्ष देबेन्द्र लावतीले जानकारी दिनुभयो। 

यसअघि बुधवार रेडक्रस जिल्ला पाँचथरले भाडाबर्तन, लत्ताकपडा, अन्य दैनिक उपभोग्यबस्तु वितरण गरेको थियो। त्यस्तै जिल्ला प्रसाशन कार्यालय पाँचथरले ५/५ हजारका दरले अग्नि पिडित दुई परिवारलाइ १० हजार प्रदान गरेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो । 
बुधवार कुम्मायक १ स्थित सम्लेमा भएको आगलागीमा  ४३ लाख ७७ हजार बराबरको क्षतिभएको थियो।  आगलागिमा परी मानभक्त बोहोरा, कमल बोहोराको ढुङगा माटोले बनेको टिनको छानो भएकोे २ तले घर र मदन बोहोराको ढुङगा माटोले बनेको टिनको छानो भएकोे १ तले ग्वाली जलेर पर्णुरुपमा क्षतिभएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ