Comments Add Comment

कुम्मायकमा अचार बनाउने सिपमूलक तालिम सम्पन्न

कुमार खड्का

यासोक- पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ मा अचार बनाउने सिपमूलक तालिम सम्पन्न भएको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको हो।

कुम्मायक गाउँपालिकाको आयोजनामा गत बुधवार देखि चलेको तालिम आज मंगलवार सम्पन्न भएको छ। कुम्मायक गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को २ लाख रुपैयाँ बजेटबाट वडा नम्बर १ का ११ जना महिलाहरुको सहभागिता रहेको तालिममा स्थानीय स्तरमा पाईने कच्चा पदार्थबाट  बिभिन्न परिकारका अचार बनाउन सिकाईएको पालिकाका उद्यम बिकास सहजकर्ता नारायण सुवेदीले जानकारी दिनुभयोे। तालिममा अमला, मेथि बयर, कागती लगायतको अचार बनाईएको थियो। 

तालिमको समापन कार्यक्रममा बोल्दै  वडा नम्बर १ का अध्यक्ष देबेन्द्र कुमार लावतीले अचार बनाएर व्यवसायिक बन्न आग्रह गर्नुभएको छ। तालिम खोटाङबाट आउनु भएका बिमला राई र चन्द्रकला भुजेलले प्रशिक्षण गर्नुभएको थियो। तालिमको समापन १ नम्बर वडा अध्यक्ष देबेन्द्र कुमार लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ