२०७९ फागुन १०
पदम सुखी सम्बाहाम्फे- पाँचथरको कुम्मायक गाउपालिकामा रहेको कुखुरे भन्ज्याङमा १६ औ राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङ्देनको सलिक पुनःर्निर्माणकार्यका लागि ९ सदस्यीय मुर्ति ब्यावस्थापन उपभोक्ता समिति गठन भएको छ। समितिको अध्यक्षमा जयबहादुर चेम्जोङ, उपाध्यक्ष गोपालप्रसाद आचार्य, कोषाध्यक्ष शान्तिला सम्बाहाम्फे लावती र सचीवमा तारानाथ सम्बाहाम्फे रहेका छन।
वडा नम्बर १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतिको अध्यक्षतामा मङ्गलबार बसेको बैठकद्वारा सो समिती गठन भएको हो। महागुरु फाल्गुनन्दको सालिक सोही स्थानमा जिर्ण बन्दै गएको र अस्पताल बनाउने क्रममा सालिकको केही भाग समेत क्षति पुगेको कारण आर्थिक बर्ष २०७९/०८० मा कुम्मायक गाउपालिकाको गाउँसभा बाट सालिक निर्माणका लागि ३५ लाख रुपैयाँ पारित भएको वडा अध्यक्ष लावतिले बताएका छन। प्राविधिक लागत र स्टिमेटको आधारमा बन्न लागेको आकर्षक सालिक र मनमोहक पार्क समेत निर्माण हुने निवर्तमान गाउपालिका अध्यक्ष तथा महागुरु फाल्गुनन्द मुर्ती ब्यावस्थापन उपभोक्ता समितिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए। मुर्तिको मुल्य १८ लाख पर्ने र मनमोहक पार्क निर्माणका लागि पारित सो रकमले नभ्याउने भएकोले क्रमागत रूपमा आर्थिक ब्याबस्थापन गर्दै लैजानु पर्ने समितिका अध्यक्ष चेम्जोङ्को भनाइ रहेको छ।
.png)