Comments Add Comment

पाँचथरका अग्नी पीडितलाई राहत

रमेश थापा
पाँचथर: पाँचथरको फिदिम नगरपालिकाले अग्नी पीडित परिवारलाई राहत बितरण गरेको छ। फिदिम नगरपालिका १४ का मन भक्त राईको परिवारलाई नगद र खाद्यन्य सहित राह्रत बितरण गरिएको हो। पीडित परिवारलाई नगरप्रमुख मित्र प्रसाद काफ्ले ले खाद्यन्य, लत्ताकपडा, भाडावर्तन र नगद २५ हजार हस्तान्तरण गरेका थिए। 

त्यस्तै जिल्ला प्रशासन कार्यालय पाँचथरले नगद दश हजार साहित लत्ता कपडा, नेपाल रेडक्रस सोसाइटीले भाडावर्तन सहितका सामाग्री, १४ नं. वडा कार्यालयवाट खाद्यान्न बितरण गरिएको थियो। राह्रत बितरण कार्यक्रममा नगर प्रमुख मित्र प्रसाद काफ्ले, उप प्रमुख राधाकृष्ण न्यौपाने, वडा नं १४ का वडाध्यक्ष राज कुमार नेम्वाङ, जिल्ला प्रशासन कार्यालय पाँचथरमा प्रतिनिधि संगम पौडेल समेतको उपस्थिति रहेको थियो। राईको घरमा फागुन ५ गते राती आगलागी हुदा अन्नपात लत्ताकपडा र खाद्यन्य जलेर नष्ट भएको थियो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ