पाँचथर—पाँचथरको कुम्मायक गाउँपालिका—३ स्थीत सेपेनीको सिर्जनशिल महिला कृषि सहकारी संस्थाले किसानलाई मिनिमिल र फापरको बिउ बितरण गरेको छ । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा सहकारीले किसानलाई रैथाने बाली प्रर्वद्धनको लागि फापरको बिउ, मिनिमिल र त्रिपाल बितरण गरेको हो ।
ज्ञान केन्द्रको २ लाख ५० हजार मुल्यको तीन वटा मिनिमिल, ४० थान त्रिपाल र ५ सय केजी फापरको बिउ किसानलाई बितरण गरिएको संस्थाकी अध्यक्ष पुष्पा अधिकारीले बताउनु भयो । प्रति केजी ५ केजीको दरले किसानलाई फापरको बिउ बितरण गरिएको सहकारीले जनाएको छ ।
अनुदानमा प्राप्त भएका कृषि सामाग्री कार्यक्रमका प्रमुख अथिति गाउापालिका अध्यक्ष बमप्रसाद लावतीले बितरण गर्नुभएको थियो । उहाँले गाउापालिकाले आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बनाउने काम भइरहेको बताउनु भयो ।
सोही अवसरमा गाउँपालिका उपाध्यक्ष साथै राष्ट्रिय कृषक महासंघ सचिव महेन्द्रबहादुर खड्काले लामो समयदेखि आफुले कृषि क्षेत्रमा ठुलो योग्दान पर्याएको बताउदै आफ्नो कार्यकालमा पनि यसैलाई उच्चा प्राथमिकता दिने बताउनु भयो । उहाँले समृद्ध पालिका निर्माण गर्न ग्रामिण अर्थतन्त्रको विकास प्रमुख आधार रहेको प्रष्ट पार्नुभयो ।
सोही अवसरमा वडाअध्यक्ष बाबुराम कार्की, नि.प्रमुख प्रशासकीय अधिकृत प्रदिपसिं तामाङ, नि. वर्तमान वडाअध्यक्ष रामप्रसाद गजुरेल लगायतले कृषि क्षेत्र गाउँपालिकाको समृद्धिको आधार रहेको बताएका थिए ।
.png)