Comments Add Comment

कुम्मायकमा वडाबाटै बैककिङ सेवा

रमेश थापा
पाँचथर—
पाँचथरको कुम्मायक गाउँपालिका—२ स्थीत चौकी बजारमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा आएको छ । नागरिकलाई बैंककिङ सेवाको पहुँचमा पुर्‍याउने उदेश्यले वडामै बैककिङ सेवा स्थापना गरिएको हो । मेगा बैंक शाखा यासोकले वडाबासीलाई सेवा प्रभाह गर्ने उदेश्यले ऐजेन्टको व्यवस्थापन गरी वडाबाटै सेवा प्रभाह थालिएको शाखा प्रमुख प्रेम न्यौपानेले जानकारी दिनुभयो ।

वडामै स्थापना गरिएको बैंकबाट वडाबासीले खाता खोल्ने, नगद जम्मा गर्ने, डेभिड काड मार्फत रकम झिक्न पाउने सुविधा प्रदान गरिने शाखा प्रमुख न्यौपानेको भनाइ छ ।  यस अघि वडाबासीले गाउँपालिकाको केन्द्रबाटै यो सेवा पाउदै आएका थिए । 
बैककिङ सेवाको लागि एक दिनको बाटो लगाएर यासोक धाउनु पर्ने बाध्यताबाट मुक्त भएको गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले बताउनु भयो । ‘यासोक शाखाबाट सेवा लिदा ५ सय रुपैयाँ गाडी भाडा बुझाउनु पर्ने हुन्थ्यो । नागरिकले लामो समयदेखि यस्तै समस्या भोग्दै आएका थिए । अब त्यस्तो समस्या हुदैन अध्यक्ष लावतीले भन्नुभयो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ