Comments Add Comment

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

काठमाडौं, २४ माघ 

वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका लागि पाँच नेपाली क्रिकेट खेलाडीले नाम दर्ता गराएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले आयोजना गर्न लागेको डब्लुपिएको अक्सनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउण्डर सीता रानामगर, अलराउण्डर कविता कुँवर, तिव्र गतिकी बलर अश्मिना कर्माचार्य र ब्याटर तथा उपकप्तान इन्दु बर्माले आफनो नाम दर्ता गराएका हुन् । बिसााईको अक्सन १३ फेब्रुअरीमा  मुम्बईमा हुनेछ ।

सो अक्सनका लागि अहिलेसम्म एक हजार पाँच सय खेलाडीले नाम दर्ता गराएका छन् र अक्सनका लागि खेलाडीको अन्तिम सूची यसै साता सार्वजनिक गरिने छ ।

मुम्बईमा हुने अक्सनमा अधिकतम ९० खेलाडीमा बोली लाग्नेछ । पाँच टोली रहेको डब्लुपिएलमा एक टोलीले न्युनतम १५ देखि अधिकतम १८ जनासम्म खेलाडी अनुबन्ध गर्न पाउने छन् । प्रत्येक टोलीले सुरुआती ११ मा पाँच विदेशी खेलाडी खेलाउन पाउँदा कम्तीमा पनि एक एसोसियट राष्ट्रका हुनुपर्नेछ । त्यसैले पनि नेपाली खेलाडीले डुब्लुपिएल खेल्न पाउने उच्च सम्भावना रहेको छ ।

सो प्रतियोगिता मार्च चार देखि २६ सम्म सञ्चालन मुम्बईको ब्रेबोर्नी स्टेडियम र डिवाई पाटिल स्टेडियममा हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ