Comments Add Comment

कुम्मायकका वडाअध्यक्षले खाए मातृभाषामा शपथ

यासोक—पाँचथरको कुम्मायक गाउँपालिका—१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले मातृभाषामा शपथ लिएका छन । सोमवार गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले शपथ ग्रहण गराउने क्रममा लावतीले मातृभाषा अर्थात लिम्बू भाषामा शपथ खाएका थिए । 
कुम्मायक गाउँपालिकाका अन्य जनप्रतिनिधिले नेपाली भाषामा शपथ खाएको समयमा लावतीले भने मातृभाषामा शपथ खाएका हुन । आदीवासी जनजातिहरुको भाषा, संस्कार र सस्कृति लोप हुदै गएको भन्दै त्यसको संरक्षण गर्न मातृभाषामा शपथ खाएको बताए । उनले गएको पाँच वर्षे कार्यकालमा पनि श्रीजङगालिपिलाई पहिलो पटक वडा कार्यालयबाटै प्रयोगमा ल्याएका थिए ।
गत २०७४ को निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका लावती यस पटक भने गठबन्धनको साझा उमेद्धवारको रुपमा जसपाबाट वडाअध्यक्षमा निर्वाचित भएका हुन । यस पटक स्वतन्त्रका उमेद्धवार टंक पौडेललाई पराजित गर्दै वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
ब्लाष्ट  
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ