यासोक—पाँचथरको कुम्मायक गाउँपालिका—३ मा एमालेको वडा अध्यक्ष सहित प्यानलै बिजयी भएको छ । वडाअध्यक्ष बाबुराम कार्कीले निकटतम प्रतिद्धन्दी सठबन्धनको साझा उमेद्धवार कांग्रेसका नरेन्द्र कार्कीलाई १ सय ५५ अन्तरले पराजित गर्दै प्यानलै सहित निर्वाचित भएका हुन ।
एमालेका कार्कीले ५१९ मत ल्याउदा गठबन्धनका कार्कीले ३६१ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै कुम्मायक ४ न. वडामा प्यानल सहित एमाले फराकिलो मत अन्तरले अगाडी छ । यस अघि नै कुम्मायक १ र २ मा गठबन्धनले प्यानल सहित बिजय प्राप्त गरेको छ ।
.png)