Comments Add Comment

कुम्मायक १ मा उद्यमशिलता तालिम

कुमार खड्का 

पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ मा गरिबी निवारणका लागि लघु उद्यमशिलता तालिम सम्पन्न भएको छ। ८ दिन सम्म चलेको तालिम बुधवार सम्पन्न भएको हो।

तालिममा कुम्मायक १ का ३२ जना महिला पुरुषको सहभागिता रहेको थियो। सहभागी मध्ये ढाका कपडा बुनाईमा २१ जनाले रुचि देखाएका छन्। त्यस्तै कृषि पशुपालनमा ५ जनाले ईच्छा ब्यक्त गरेका छन्। अचार बनाउनेमा ६ जनाले नाम टिपाएका छन्। सहभागिले माग गरेको तालिम अब छिट्टै संचालन गरिने गाउँपालिका उद्यम बिकास सहजकर्ता नारयण सुवेदीले बताउनु भएको छ।

८ दिन सम्म चलेको तालिम समापन कार्यक्रममा कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, पालिकाका प्रमुख प्रसाशकिय अधिकृत देवि तुम्बापो, १ नम्बर वडा सदस्यहरु लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो।

समापन कर्यक्रम कुम्मायक गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतीकोे अध्यक्षतामा सम्पन्न भएको देशु चेम्जोङ लावतीले जानकारी दिनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ