यासोक- नेकपा एमाले कुम्मायक गाउँपालिका अध्यक्षका उमेद्धार भीम सम्बाहाम्फेले गठबन्धनका उमेद्धवारहरुले आफ्नो बिषयमा गलत प्रचार गर्न खोजेको आरोप लगाउनु भएको छ । गठबन्धनका उमेद्धवारहरुले जनतासंग भोट माग्दा प्रदेसीलाई भोट नदिनु भन्दै भ्रम छर्न खोजेको प्रति दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो अहिले बिपक्षी उमेद्धवार चुनावमा मतदातालाई भ्रम छर्न झुटा प्रचार गर्दै छन । त्यसको पछी कोही पनि नलागौं । म कुम्मायकवासीको सेवा गर्न आएको हुँ ।
उहाँले त्यो आरोपको खण्डन गर्दै कुम्मायकवासीको शिक्षाको धरोहर पृथ्वी मा.वि को विद्यालय सञ्चालनको लागि ५ लाख रुपैयाँ सहयोग गरेको स्मरण गर्दै भ्रम छर्नेले के गरे ? भन्दै प्रश्न गर्नुभयो । “चुनावमा हार जित एउटा प्रकृया हो । तर आफुले हारे पनि जिते पनि कुम्मायवासीको सेवा निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
.png)