Comments Add Comment

फुसको छानो मुक्त अभियान गठबन्धन सरकारले रोक्यो:- आचार्य

यासोक- पाँचथरको कुम्मायक गाउँपालिका उपाध्यक्षको उमेद्वार सीता रिजाल आचार्यले फुसको छानो मुक्त अभियान गठबन्धन सरकारले रोकेको बताउनु भएको छ । नेकपा ऐमालेको सभालाई सम्बोधन गर्दै गाउँपालिकाले अघि बढाएको फुसको छानो मुक्त अभियान गठबन्धनको सरकारले रोकेको बताउनु भएको हो ।


“हाम्रो सरकार भएको समयमा केन्द्र र स्थानीय सरकारले सबै वडामा फुसको छानो मुक्त गर्न काम अन्तिम चरणमा पु¥याएका थियौ । केही केही स्थानमा बाँकी थियो । तर अहिले गठबन्धनको सरकार आए लगत्तै यो अभियान रोक्यो उहाँले भन्नुभयो । फुसको छानो हटाई जस्तापाताको छानो लगाउन वडा, गाउँपालिका र केन्द्र सरकारले समन्वय गरी काम गरेको समयमा वर्तमान सरकारले यो अभियानलाई रोकिदिदा समस्या भएको आर्चायको भनाई थियो ।
एक फरक प्रसंगमा उहाँले आफ्नो कार्यकालमा न्याय सम्पादनको क्षेत्रमा १ नं. प्रदेशको उकृष्ठ गाउँपालिका बनाउन सफल भएको बताउनुभयो । उहाँले प्रदेशको १ सय ३७ पालिका मध्ये कुम्मायक गाउँपालिका तेस्रो स्थानमा पु¥याउन सफल भएको दावी गर्नुभयो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ