२०७८ चैत्र ९ गते
पाँचथर- झापाको मेचिनगर नगरपालिका-१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन । पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका-१० की ४५ बर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन् । हिजो बेलुका ८ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, डिजिटल तराजु १ थान नगद ९ हजार ५ सय साठी रुपैया र बिभिन्न कम्पनीका मोवायल ९ थान बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका आमा छोराको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ १ नं. प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

.png)