Comments Add Comment

ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम

सुर्खेत, २४ पुस

डाेल्पाको ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम भएको छ । आइतबार सर्वोच्च अदालतले दुनै पक्षबाट परेको रिट खारेज गर्दै नगरपालिकाको केन्द्र जुफाल कायम भएको फैसला गरेको हो ।

सदरमुकाम दुनै रहेको नगरपालिकाको केन्द्र तत्कालीन नगर प्रमुख गणेश शाहीले जालसाजी गरेर जुफाल सारेको भन्दै २०७४ साल चैत्र ५ गते सर्वोच्च अदालमा तत्कालीन उपप्रमुख योगेन्द्र बहादुर शाहीसहित तीन जनाले रिट दायर गरेका थिए  ।

अदालतले नगरपालिकाको केन्द्र जुफाल कायम गरेपछि जुफालका जनप्रतिनिधि तथा स्थानीयले ऐतिहासिक दिन भन्दै खुशीयालीसमेत मनाएका छन्।पहिलो कार्यकालभरीनै ठुलिभेरी नगरपालिका केन्द्र विवादमा अल्झिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ