Comments Add Comment

अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत बार्षिक योजना निर्माण कार्याशाला सम्पन्न

कुमार खड्का

पाँचथरको कुम्मायक गाउँपालिकामा अपाङ्गता रोकथाप तथा पुर्नस्थापना कार्यक्रम अन्र्तरगत बार्षिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । आगामी आर्थिक  बर्ष २०७९-०८० को कार्यक्रम तयार पार्न गोष्ठीको आयोजना गरिएको हो । सोहि तयार पारिएको कार्यक्रम प्रदेश १ को सामाजिक बिकाश मन्त्रालयमा पेस गर्नु भएकाले कार्यक्रम आयोजना गरिएको करुना फाउण्डेसन पाँचथर जिल्ला संयोजक केदार भण्डारीले बताउनु भयो ।

कुम्मायक गाउँपालिका, करुना फाउण्डेसन र प्रदेश १ सामाजिक बिकाश मन्त्रालयको त्रिपक्षिय लगानीमा कार्यक्रमहरु संचालन गरिने छ । अपाङ्गगता न्युनिकरण गर्न र अपाङ्गगता भएका मानिसलाई पुर्नस्थापना गर्ने करुना फाउण्डेनको मुख्य उद्देश्य रहेको फाउण्डेसनका बरिष्ट म्यानेजर अजित योन्जनले बताउनु भयो । फाउण्डेसनले कुम्मायक गाउँपालिकामा पुर्याएको सहयोग प्रति पालिका अध्यक्ष जय बहादुर चेम्जोङले धन्यावाद दिनु भएको थियो । गोष्ठीमा पालिकाका ५ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु, पालिकाका बिषयगत साखाका प्रमुखहरु, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

कुम्मायक गाउँपालिकामा अपाङ्गता रोकथाप तथा पुर्नस्थापना अन्र्तरगत बर्षभरिका बिभिन्न शिर्षकमा कार्यक्रम तयार पारिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख केदार खड्काले जानकारी दिनु भयो । समापन कार्यक्रममा कुम्मायक १ का अध्यक्ष देबेन्द्र कुमार लावतीले आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रम पालिका उपाध्यक्ष सिता आचर्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ