Comments Add Comment

प्रि-ओपन सेसनमा नेप्से ०.९७ अंकले उकालो

काठमाडौं, ११ पुस ।

प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ०.९७ अंकले उकालो लागेको छ । यससँगै सूचक १८६८.१८ विन्दुमा आएको छ । २९ कम्पनीको कुल पाँच हजार २८० कित्ता सेयर खरिदबिक्री भएको र ३४ लाख ९७ हजार ३९७ रुपैयाँको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल २२ कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको र २ कम्पनी स्थिर छ । 

 १३ उपसूचकहरुमध्ये अन्य इन्डेक्समा ओरालो लागेको र ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै उपसूचकहरूमा हरियाली छाएको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ