काठमाडौं, १० पुस ।
नयाँ प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउन राष्ट्रपति कार्यालय तयारी अवस्थामा रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार बेलुका ५ बजे सकिँदै छ । दलहरु घनिभूत छलफल छन् । तर, हालसम्म कुनै पनि दलले बहुमत जुटाउन सकेका छैनन् ।
यही बेला राष्ट्रपति कार्यालय भने नयाँ प्रधानमन्त्रीलाई शपथ ग्रहण गराउन तयारी अवस्थामा छ ।
‘नयाँ प्रधानमन्त्रीलाई शपथ गराउन राष्ट्रपति कार्यालय तयारी अवस्थामा छ,’ राष्ट्रपतिको प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।
.png)