Comments Add Comment

हाम्रो बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न

रमेश थापा 
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाको हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं साधारण शनिबार संपन्न भएको छ । सहकारी संस्थाले १३ औं साधारण सभा मार्फत ११ करोड ७१ लाख ९२ हजार २ सय ६३ रुपैयाँको कुल पूँजी सार्वजनिक गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७८/०७९ को बार्षिक प्रगति प्रतिवेदन मार्फत उक्त रकम सार्वजनिक गरेको हो । 
साधारण सभामा आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ४३ लाख ३६ हजार ६७९ आम्दानी  र २ करोड ४७ लाख १७६ रुपैयाँ खर्च र ९४ लाख ४१ हजार ५०३ रुपैयाँ बचत सहितको प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष मेघराज निरौलाले सार्वजनिक गरेका थिए ।

बि.स २०६६ सालमा स्थापना भएको सहकारी सँस्थामा हालसम्म १ हजार २४ सेयर सदस्य रहेका छन । सँस्थाले सुफत मुल्यको पसल समेत संचालन गर्दै आएको लेखा समिति संयोजक तिलबहादुर खवासले जनाए । 
साधारण सभा मार्फत शेयर सदस्यबाट उत्कृष्ट अंक ल्याएर उर्तिण हुने विद्यार्थी, उत्कृष्ट बाल बचत कर्तालाई सम्मान गरेको थियो । त्यस्तै सुत्केरी स्याहार खर्च, मृत सदस्य राहत कोष समेत प्रदान गरेको थियो । 

साधारण सभाको उत्घाटन जिल्ला सहकारी संघ पाँचथरका अध्यक्ष रेणु ओझाले गरेका थिए । कार्यक्रममा कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती, निर्वतमान कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ लगायतले शुभकामना मत्तव्य राखेका थिए ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ